
काठमाडौँ।प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा(एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ।एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन्।
शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन।
प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ।