
परासी।पश्चिम नवलपरासीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको रामग्राम नगरपालिका १७ को झरही खोलामा पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको स्थानियले बताएका छन।पिपरहिया स्थित झरही खोलामा अन्दाजि ३२ बर्षिय पुरुषको शव फेला परेको हो।
नदि किनारमा बाढिले बगाएर ल्याएको दाउरा बटुल्न गएका स्थानियले शव देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ।
शवको सनाखत हुन नसकेको र अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।