ट्रेन्डीङ्ग

वालिङमा कोसेली घर सञ्चालनमा

वालिङ।वालिङमा‘कोसेली घर’सञ्चालन गरिएको छ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो।कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले सबै मिलेरनै नगरको समृद्धि संभव रहेको बताउनु भयो।प्रत्येक परिवार आर्थिक रुपमा सवल र सक्षम हुनका लागि महिलाहरुको ठूलो भूमिका रहेको भन्दै उपप्रमुख तिवारीले सबै महिलाहरु अनिवार्य रुपमा उत्पादनमा जोडिनु पर्ने बताउनु भयो।

उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुहुँदै नगरउपप्रमुख तिवारीले कोसेली घर सञ्चालनका लागि आवश्यक बजेट तथा अन्य सहयोग गर्ने स्पष्ट पार्नु भयो।कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङमा महिला उद्यमीहरुको सक्रियता निक्कै उत्साहजनक रहेको बताउनु भयो।काम सानोबाट शुरु हुने भन्दै पौडेलले जति सक्दो धेरै उत्पादन गरेमा मात्रै कोसेली घर राम्रो र उत्कृष्ट हुने बताउनु भयो ।

कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनालले उत्पादन अनुकुल बातावरण बनाउनका लागि सबै सक्रिय हुनु पर्ने बताउनु भयो।कार्यक्रममा महिला उद्यमी विकास समितिका उपाध्यक्ष मञ्जु केसी,सचिव तारा तिवारी,सदस्य मैय्यादेवी लम्साल लगायतले वालिङमा महिला उद्यमीहरुको अवस्था र उनीहरुको उत्पादनका बरोमा जानकारी गराएका थिए।

वालिङमा सञ्चालन भईरहेको‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत महिला उद्यमी विकास समितिको सक्रियतामा कोसेली घरको स्थापना गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal