
सुनवल।सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षताका साथै नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।
साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तिय संस्थाको पहुँचबाट टाडा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र सुरक्षित तवरबाट सञ्चालन भएको भनाइ राख्नुभएको थियो।
गत आर्थिक वर्ष ०७८।०७९ को मुनाफाबाट करिब ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा करिब ४ प्रतिशत र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ३ प्रतिशतको दरले सदस्यलाई लाभांश पारित गरेको छ ।
सभामा जेष्ठ सदस्य,पूर्वअध्यक्ष,७० बर्ष उमेर पुरा भएका, एसईई,१२ कक्षा लगायत उच्चशिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी,उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्ता,उत्कृष्ट बचत कर्ता, सर्बोत्कृष्ट सदस्य र उत्कृष्ट शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो।त्यसैगरि हालै सम्पन्न स्थानीय निर्वाचनमा विभिन्न पदहरुमा निर्वाचित संस्थाका १० जना सदस्यहरूलाई सम्मानित गरिएको थियोे।
उपाध्यक्ष नारायण पौडलको स्वागत मन्तब्यबाट प्रारम्भ भयको सभामा कोषाध्यक्ष कमला थापाले करिब ५६ करोडको पुर्याउने लक्ष्य सहितको चालू आ.व.को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद शर्माले लेखासमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाको सञ्चालन सचिव रमेश कर्माचार्यले गर्नुभएको थियो।कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल,नवलपरासी बचत संघका अध्यक्ष राजनकुमार आचार्य,पुर्वअध्यक्ष एवम् जिल्ला सहकारी संघका सञ्चालक नारन बहादुर थापा,सुनवल नगरपालिका सहकारी विभाग प्रमुख खेमराज ढकाल,सल्लाहकार कृष्णबन्धु अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साथै साधारणसभाले रिक्त रहेको १ जना महिला संचालकमा लक्ष्मी तिवारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।
सभामा संस्थाको शेयर पुँजी ४ करोड ५०लाख,बचत संकलन ३२ करोड,ऋण प्रवाह ३४करोड र संस्थाको जगेडा कोष २ करोड ७ लाख रहेको छ। करिब ३५०० जना शेयर सदस्य रहेको सयपत्री साकोसको ४१करोड बराबरको पुजी रहेको छ।२०५७ भाद्र ३१ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएको सयपत्री साकोसले ४१ जना सेयर सदस्यहरुबाट ४ हजार १ सय रुपैंया पुँजी संकलन गरी वित्तीय सेवाको सुरुवात गरेको थियो ।
लगातार ३ पटक नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा सहभागि रहेको संस्थाका सचीव कर्माचार्यले बताउनु भयो।