ट्रेन्डीङ्ग

लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा:नेता चौधरी

परासी।अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन नवलपरासीको बर्दघाटमा गर्ने भएको छ।मोर्चाले शनिवार बर्दघाट-२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो।

पत्रकार भेटघाटमा मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले संसदीय ब्यवस्थाले जनतालाई शोषण गर्दै आएको बताउनुभयो।
उहाँले बर्तमान अवस्थामा राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवाल जटिल बन्दै गएको चर्चा गर्दै मंहगी,भष्ट्रचारी,कालोबजारीको चपेटामा जनता पिसिल्दै गएको बताउनुभयो।उहाँले बेरोजगारीको अवस्था बिकराल बन्दै जादाँ लाखौ युवाहरु बिदेशिन बाध्य भएको बताउदै संसदीय ब्यवस्थाले त्यसको बिकल्प दिन नसक्ने ठोकुवा गर्नुभयो।उहाँले मिटर ब्याजीहरुले जनताको घरबास लुटेको बताउदै लघुबित्त संस्थाहरुले संस्थागत रुपमा समेत जनतालाई शोषण गरेको चर्चा गर्नुभयो।

गाउँघरमा मिटर ब्याजी साहुहरुको आंतकले आर्थिक क्षमता कमजोर भएका किसानहरु माथि शोषण गर्दा राज्य मुकदर्शक भएर बसेको चौधरीले बताउनुभयो।उहाँले राज्यले उत्पिडित वर्गलाई सहुलियतमा ऋण प्रदान गर्ने ब्यवस्था नगर्दा लाखौ भुमीपुत्र किसानहरु लघुबित्त जस्ता चर्को ब्याज असुल गर्ने संस्थाहरुको चंगुलमा फसेर अर्को थप समस्यामा परेको स्पष्ट पार्नुभयो।

फरक प्रसंगमा नेता चौधरीले लिम्पियाँधुरा लिपुलेक र कालापानी लगायतका सीमा विवाद ज्यूँ का त्युँ छ रहेको जानकारी दिदै बाह्य शक्ति केन्द्रको दबाबमा बिदेशी नागरिकलाई बहानामा नागरिकता दिने नागरिकता बिद्ययेक ल्याइएको बताउनुभयो।उहाँले यहाँका आदिवासी जनजाति,भुमिहीन सुकुम्बासीहरुले नागरिकता नपाएर राज्यको सबै सुबिधाबाट बन्चित हुनुपरेको समेत बताउनुभयो।

उहाँले राष्ट्रघाती एमसीसी सम्झौता गरेर देशको असंलग्न नीतिलाई परित्याग गरिएको र एसपीपी जस्तो सैनिक गठबन्धनमा राष्ट्रलाई फसाउन खोजिएको चर्चा गर्नुभयो।नेता चौधरीले उत्पिडित वर्गलाई अधिकार सम्पन्न बनाउनका लागि संघीयता र जनतन्त्र नल्याई नक्कली संघीयता घोषणा गरेर नेपाली जनतालाई ठग्ने काम भइरहेको आरोप लगाउनुभयो।

थारु राष्ट्रिय मुक्ति आन्दोलन,जातीय क्षेत्रीय स्वशासन,आत्मनिर्णयको अधिकार संघीयताको आधार भन्ने मुख्य नारा सहित अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन यही मिति २०७९ साल असोज ७ र ८ गते बर्दघाट-४ दिब्यनगरको दिब्य शान्ति गुम्बाको सभाहलमा हुने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।सम्मेलनले नयाँ नेतृत्व सहित पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने सम्मेलन आयोजक समिति सदस्य दुर्गा नारायण थारुले जानकारी गराउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal