ट्रेन्डीङ्ग

बर्दघाट नगरलाई स्वच्छ,सफा र सुन्दर नगर बनाउने

बर्दघाट।नगरबासीले सकारात्मक सोचका साथ अघि बढे बर्दघाट नगरपालिकालाई स्वच्छ,सफा र सुन्दर नगर बनाउन सकिने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाटमा सम्पन्न सकारात्मक जिवनशैली सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ योग प्रशिक्षक एवं बागमति सरसफाई महाअभियानका अभियन्ता डाक्टर राजु अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख सहजकर्ता समेत रहनुभएका श्रोत ब्यक्ति अधिकारीले मानव जिवनलाई सहज र सरल बनाउन आफु भए र चिन्ता मुक्त हुनुपर्ने बताउदै ब्यक्तिको पहिचान उसको कर्म र ब्यवहारले उजागर गर्ने हुदा सदैव सकारात्मक सोचका साथ समाजमा हित हुने काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकालाई आफ्नो कार्यकालमा हेर्न र देख्न लायक बनाउन आफुले विभिन्न अभियानहरु सञ्चालन गरेको बताउनुभयो।श्रेष्ठले नगरवासी स्वस्थ र निरोगी हुन आफ्नो आनीबानी र व्यवाहारमा परिवर्तन ल्याउनुुपर्ने बताउनुभयो।

कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगर क्षेत्रमा खाली जग्गामा वृक्षरोपण गरि वातावरण अनुकुल बनाउन आवश्यक रहेको हुदा हरेक नगरबासीले आफ्नो विशेष दिनको अवसर पारि वातारवरण सरंक्षण तथा सरसफाईको कार्य गर्न सके नगरको स्वास्थ्य र सरसफाईको सपना साकार हुने धारणा राख्नुभएको थियो।

त्यसैगरी स्वागत मन्तब्य राख्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरबासीले आफ्नो घर र वरिपरि हुने गरेको कुहिने नकुहिने फोहोरको पहिचान गरि ब्यवस्थापन गर्न लाग्नुपर्ने र सो कार्यका लागी नगरले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो।

कार्यक्रममा नगरका जनप्रतिनिधी,कर्मचारी,सुरक्षा निकायका प्रतिनिधि,उद्योगी ब्यवसायी सहित नगरका सम्पुर्ण टोल विकास सस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नगरपलिकाका योजना शाखाका कृष्ण थापाले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal