ट्रेन्डीङ्ग

फोटो पत्रकार महासंघ नवलपरासिको अध्यक्षमा अनिल यादव

परासी।नेपाल फोटो पत्रकार महासंघ नवलपरासिको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।परासीमा आयोजित अधिवेशनले अनिल यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो।

नवगठित समितिको उपाध्यक्षमा हुसेन अन्सारी,सचिवमा उमेश विक,कोषाध्यक्षमा विकास अधिकारी,सहचिवमा रविन्द्र यादव रहनुभएको छ।त्यसैगरी सदस्यहरुमा प्रदीप पाठक,उर्मिला यादव,आरती राना,जीतेन्द्र गुप्ता,माधव घिमिरे,राज चौधरी चयन हुनुभएको निर्वाचन संयोजक एवं नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो।

फोटो पत्रकार महासंघ नवलपरासीका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा,जिसस उपप्रमुख राम दयाल तेलि,पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,पुर्व अध्यक्ष केशव पराजुलीको विशेष आतिथ्यता भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पत्रकारिता जगत समाजको ऐना भएकोले सत्य,तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह पनि गर्नुभयो।

प्रविधिको प्रयोगसँगै फोटो पत्रकारितालाई व्यवसायिक बनाउन उहाँको सुझाव थियो।जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ताले भ्रम फैलाउने नभई सत्य समाचार प्रवाह गर्न आग्रह गर्नुभयो।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले पेशागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न सके व्यवसायिक पत्रकारिताले फड्को मार्ने बताउनुभयो।

पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले औपचारिक पत्रकारितामा मात्र सीमित नहुन आग्रह गर्नुभयो।उहाँले जिल्लामा चाकरी गर्ने प्रवृत्तिको पत्रकारिता मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेकोले आफ्नो क्षमता वृद्धि गर्दै खोजमूलक पत्रकारिता गर्न उहाँले जोड दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal