
परासी।नेपाली काँग्रेस नवलपरासीका क्षेत्रीय सभापति यामप्रसाद भुसाल(दिपक)संघीय निर्वाचन २ को प्रदेश सभा सदस्य(क)बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा नवलपरासी २(क)बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारका रुपमा भुसाल सहित ४ जनाको नाम सिफारिस गरिएको कांग्रेस पार्टीले जानकारी दिएको छ।भुसाल नेपाली काँग्रेस नवलपरासी संघीय निर्वाचन प्रदेश २(क)क्षेत्रीय सभापति हुन।
विद्यार्थी छँदै राजनितिमा होमिएका नेता भुसाल पार्टीको प्रदेश सभा सभापति लोकप्रिय मत सहित बिजय भएका थिए।युवा माझ लोकप्रिय नेता भुसाल समाजिक एवं व्यवसायी कार्यमा समेत सक्रिय छन।
भुसाल सगै सुनवल-१२ का पुर्व वडाअध्यक्ष यामलाल पाण्डे,तरुण नेता सोमबहादुर रायमाझी,मोहन शर्मा सहितको नाम सिफारिस भएको छ।