ट्रेन्डीङ्ग

जसपा नवलपरासीद्वारा उम्मेद्वारको नामावली सिफारिस

परासीआगामी मसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा पश्चिम नवलपरासीका राजनैतिक दलहरुमा पनि चुनावी सरगर्मी बढेको छ।केन्द्रको निर्देशन बमोजिम दलहरुले संघ र प्रदेशमा प्रस्तावित उम्मेद्धारको नाम टुङ्गो लगाएर सिफारिस गरेका छन।

जनता समाजादि पार्टि(जसपा)नवलपरासीले उम्मेद्धारको नाम सिफारिस गरेको अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयो।जसपाको जिल्ला कमीटीको बैठकको निर्णय अनुसार पार्टि प्रदेश कमिटिमा नाम सिफारिस गरिएको छ।अध्यक्ष यादवका अनुसार प्रतिनिधि सभा निर्बाचन क्षेत्र नम्वर १ बाट मुन्नालाल गुप्ता र नगेन्द्र गिरिको नाम सिफारिस गरिएको छ।यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट रामवच्चन यादब र बिरेन्द्र चौधरीको नाम सिफारिस गरिएको जसपाले जनाएको छ।

प्रदेश सभा तर्फ निर्बाचन क्षेत्र नम्वर १(क)बाट रमेश यादब सर्वसम्मत सिफारिस भएका छन् भने त्यसै गरि प्रदेश १ कै(ख)बाट असफर  चुडीहार र घुरहु यादबको नाम सिफारिस गरिएको छ।निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा(क)बाट बिजयनाथ यादब,निर्मल यादब र दिर्घनारायण चौहानको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा(ख)बाट मदन यादव,कनई राजभर,धरेन्द्र यादब र रामकुन्डल यादबको नाम सिफरिस गरिएको छ।

यस्ता छन् काँग्रेस नवलपरासीबाट सिफारिस उम्मेदवार

यस्ता छन् नवलपरासी क्षेत्र १ बाट एमाले सिफारिस उम्मेवार

यस्ता छन् नवलपरासी क्षेत्र २ बाट एमाले सिफारिस उम्मेदवार

यस्ता छन् नवलपरासी माओवादी सिफारिस उम्मेवार

एकिकृत समाजवादि नवलपरासीबाट सिफारिस उम्मेदवार नामावली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal