ट्रेन्डीङ्ग

नवलपरासी कांग्रेसमा विवाद बीच उम्मेदवारको नाम सिफारिस

परासी।नवलपरासी काँग्रेसमा विवादका विच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।दुइ प्रतिनिधि सभा क्षेत्र रहेको नवलपरासीमा पुर्वमन्त्री,पुर्व मेयर सहित अर्बपतिको नाम सिफारिस भएका छ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ संबिधान सभा सदस्यद्वय देवकरण कलवार,विक्रम खनाल,पार्टी जिल्ला सचिव कुलदिप आचार्य,अर्वपति बिनोद चौधरी र उषा बास्तोला सिफारिस भएका छन्।त्यसैगरि प्रतिनिधिसभा क्षेत्र २ मा प्रत्यक्षतर्फ पुर्व गृहराज्य मन्त्री कंडेल सहित सुनवल नपाका पुर्व नगर प्रमुख भिम बहादुर थापा(भरत),पुर्व रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ता,दुर्गा कोइराला सहित ४ जनाको नाम सिफारिस भएका छन।

त्यसैगरि प्रदेश सभातर्फ १(क)बाट विश्वप्रेम पाठक र(ख) मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन।

क्षेत्र नंं.२(क)बाट  यामप्रसाद भुसाल(दिपक),यामलाल पाण्डे,सोम बहादुर रायमाझी र मोहन शर्मा सहित ४ जनाको सिफारिस भएका छन।तथा २(ख)बाट बिक्रम यादव,बैजनाथ कलवार,विरेन्द्र अग्रहरी र नगेन्द्र अग्रहरिको नाम सिफारिस भएको जिल्ला सचिव कुलदिप आचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?