ट्रेन्डीङ्ग

राप्रपा अध्यक्ष लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।

संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन।

उनले भने,म आजबाट संसद्को रूपमा यहाँ उपस्थित हुने छैन।मेरो नाममा पठाइने तलबभत्ता समेत रोकियोस्।कहीँ लेखेर दिनुपर्छ भने म तयार छु।’

चुनाव घोषणा भएदेखिनै संसद जीवित हुनु हुँदैन भन्ने राप्रपाको धारणा रहेको उनले सुनाए।उनले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित बनाउन पनि चुनावी सरकार बनाउनु पर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो।

उनले आफूले संसद्मा भत्ता पकाउनका लागि मात्रै संसद्मा उपस्थित हुन छाडेको पनि स्पष्ट पारे।उनले संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भनेर निर्णय गर्ने प्रक्रिया सुरु गरेको सुन्दा आफूलाई लज्जित बनाएको बताए।उनले यस्तो अवस्थामा बाटोबाटै संसद छाडेँ भन्ने उपयुक्त नभएकाले सबैलाई सुनाएर जान खोजेको बताए।

उनले भने,’यस प्रकारको अनैतिक काममा सहभागी हुन मेरो आत्माले मानेन।मेरो अन्तरात्माको निर्देशन अनुसार आज सबै चिज त्याग गर्न उपस्थित भएको छु।’पाँच वर्षको कार्यकालमा आफूले थुप्रै अनुभव लिएको उनले बताए।उनले आफूलाई कैयौँ नीतिगत विषयमा उपेक्षा गरेको आभास भएको बताए।

उनले एक्लो सांसद होइन,बलियो पार्टीका रूपमा उपस्थित भई यस प्रकारका गलत निर्णय हुन नदिने भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ जनतामा जान लागेको उनले बताए। उनले भने,‘देशहित विपरीत र दलको स्वार्थका लागि मात्रै गरिने निर्णय आगामी संसद्मा हुने छैनन्।’

लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले पराजित गरेका थिए। लिङ्देनले ४४,६१४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?