
बर्दघाट।लघुबित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट-५ बण्डाखोलामा भेला सम्पन्न भएको छ।भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ।उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत गरेका छन।
कार्यक्रममा लघुबित्त संर्घष समितिकी केन्द्रीय सदस्य बिष्णु माया बुढाथोकीले लघुबित्तले बिपन्न परिवारलाई बिचल्लीमा पारेको बताउनुभयो।उहाँले लघु बित्तकै कारण महिलाहरुले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै मिटरब्याज बिरुद्धको आन्दोलनलाई समेत जोडेर बृहत आन्दोलनको तयारीमा रहेको चर्चा गर्नुभयो।
लघुबित्तले धेरैको घरबार बिगारेको छ उहाँले भन्नुभयो”हामीलाई लघुवित्तले शीप दिएन्।चर्काे ऋण मात्र दियो।हामीलाई शीप दिन उसको चाहना थिएन।जसमा आर्थिक शोषण गर्ने नियत थियो।कार्यक्रममा लघु बित्त संर्घष समिति नवलपुरकी अध्यक्ष नर्बदा रानाभाटले चर्काे ब्याजदरमा लघु बित्तले बिपन्नहरुको शोषण गरेको बताउनुभयो।उहाँले एक लाख ऋण दिदाँ १५ हजार काटेर ८५ हजार दिने गरेको बताउदैं लघु बित्तहरुलाई गाउँ गाउँबाट धपाउनुपर्ने बताउनुभयो। उहाँले लघु बित्त पिडितहरुको एकताबाट मात्र आन्दोलन उठान सकिने उल्लेख गर्नुभयो।
कार्यक्रममा लघु बित्त संर्घष समिति चितवनकी अध्यक्ष धनकुमारी बिकले कोरोनाले शिथिल बनाएका विपन्न समुदायको बाच्न पाउने अधिकारको समेत लघुबित्तले हनन गरेको बताउनुभयो।
संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेका छैनौ।कोरोनाले शिथिल भएका विपन्नहरुलाई चाडपर्व नभनी ढोकामा ढुक्छन्।उहाँले भन्नुभयो- हाम्रो पीडा सुनिदिने कोही भएन।त्यसैले संर्घष अपरिहार्य छ।आर्थिक मन्दीको चपेटामा परेका जनतालाई लघु बित्तले सडकमा ल्याएको विकको भनाई छ।
उक्त कार्यक्रममा बिभिन्न लघु बित्तबाट आफू र आफ्नो परिवारमा भएको ज्यादती र दुब्र्यवहारको सहभागीहरुले रुदै सुनाएका थिए।बर्दघाट-४ दिब्यनगरकी लघुबित्त पिडित एकल महिला कमला थापाले नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएपनि केही महिनाको ब्याज तथा किस्ता तिर्न नसक्दाँ आफू माथि समुहमै गाली बेइज्जती भएको बताउनुभयो।बर्दघाट-१२ की भटौलियाकी ईन्द्र कुमार रानाले लघु बित्तलाई ऋण तिर्दा तिर्दा आफू घरबारबिहीन हुनुपरेको दुखेसो पोख्नुभयो।मेरो घर पनि गयो।अहिले कसैको घरभाडामा बसेकी छु रानाले भन्नुभयो।
कार्यक्रममा पिडितहरु ईश्वरी माया छन्त्याल मगर ,जगुमाया थापालगायतले लघु बित्तले पारेको बिचल्लीबारे आफ्ना गुनासो पोख्नुभएको थियो।
भेलाले लघु बित्त संस्थाविरुद्ध २५ सदस्सीय बर्दघाट नगरस्तरीय संघर्ष समिति समेत गठन गरिएको छ।
उक्त संर्घष समितिको अध्यक्षमा धनमाया तामाङ, उपाध्यक्षमा पबित्रा परियार,सचिवद्वयमा मुना कार्की र सीता सुनार कोषाध्यक्षमा कुमारी धरिकार र सदस्यहरुमा रम्भा कुमारी चौधरी,आशा थारु,भगवती थारु,अप्सरा चौधरी,उर्मिला बानियाँ ,ज्योति गुरुङ,बिष्णुमाया गुरुङ,ईन्द्रकुमारी राना,माया थापा लगायत रहनुभएको छ।भेलाले नगरका १६ वटै वडामा संर्घष समिति विस्तार गर्दै दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ।