ट्रेन्डीङ्ग

टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्यु

दाङ।दाङको तुल्सिपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको हो।

टिकटक बनाउन लाग्दा खोल्सामा खसेर गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो।उनको हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal