
पाल्पा।सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एक तर्फि सुचारु भएको छ।अविरल बर्षाका कारण हिउदे खोलामा रुख सहितको पहिरो र बाटो भासिएकोले अबरुद्द बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरी रहेका थिए।पहिरो ठुलो र बाटो भासिएकोले बाटो बनाउने काम निरन्तर चलिरहेको र पहिरो पनि खसिरहेको कारण दुई तर्फी सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ।
पहिरो हटाएर सडक पूर्णरुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।