ट्रेन्डीङ्ग

राष्ट्रिय वामपन्थी मञ्चको केन्द्रीय भेला भोलि हुँदै

काठमाडौं।राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२:०० बजे काठमाडौंको प्रज्ञाभवनमा हुने भएको छ।

मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो।

नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन।

सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?