ट्रेन्डीङ्ग

नारायणगढ-मुग्लिन सडक आठ घण्टा पछि सञ्चालन

चितवन।पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनःसञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal