
काठमाडौँ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूले‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’घोषणा गर्दैछन्।संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गर्न लागिएको हो।
‘आज दिउँसो २ बजे सम्पूर्ण स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह र साझा उम्मेद्बारको घोषणा कार्यक्रम राखिएको छ’,उनले भने।सानेपाको हेरिटेज गार्डेनमा आज दिउँसो २ बजे एक कार्यक्रमकाबीच‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’घोषणा गरिने भएको हो।
स्थानीय तह निर्वाचन पछि सायमी स्वतन्त्र अभियानमा सक्रिय छन्।सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन।