
रुपन्देही।अर्घाखाँचिको धनचौरबाट बसाई सरि रुपन्देहि आएका धनचौर वासीहरुको भेला सम्पन्न भएको छ।भेलाले रुपन्देहि र अर्घाखाँचिको सम्वन्धलाई विस्तार गर्ने उद्देश्य सहित धनचौर अर्घाखाँचि रुपन्देही सम्पर्क समाज गठन गरेको छ । विभिन्न संघ सस्थाको नेतृत्वमा रहि समाजिक,शैक्षिक र स्वास्थ्य क्षेत्रमा अभियान चलाउदै आउनुभएका डा.धर्मराज भट्टराईको अध्यक्षतामा २१ सदस्ययीय समति गठन भएको छ।
जसको उपाध्यक्षमा यम वहादुर घर्ति मगर,वलभद्र चुडाली रहनुभको छ भने सचिवमा ज्ञान प्रसाद भट्रराई रहनुभएको छ।त्यस्तै सहसचिवमा मिरा के.शी र सोनु भट्राई र कोषाध्यक्षमा रुद्र पाण्डे साथै सह कोषाध्यक्षमा क्षितिज जि.सि रहनुभएको धनचौर अर्घाखाँचि रुपन्देहि सम्पर्क समाजले जनाएको छ ।
अर्घाखाँचिको धनचौरबाट वसाईसरि रुपन्देहि जिल्लामा वसोवास गर्दै आउनुभएका धनचौरवासीहरुमा एकता,सदभाव,सहयोग र सहकार्य गर्दै सम्पर्क समाजलाई अगाडि वढाउने अध्यक्ष भट्टराईको भनाई छ।सोहि अवसरमा तिज मिलन कार्यक्रम समेत सम्पन्न भएको धनचौर अर्घाखाँचि रुपन्देही सम्पर्क समाजका नवगठिन अध्यक्ष डा.धर्मराज भट्टराईले जानकारी दिनुभयो।
भेलामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य जल्पा भुसालको प्रमुख आतिथ्यता र समाजसेवी लिला जि. सिको बिशिस्ट आतिथ्यता रहेको थियो।सो अवसरमा धन्चौर अर्घाखाँची रुपन्देही सम्पर्क समाजको कार्यलय संचालनका लागि बिशिस्ट अतिथी समाजसेवी लिला जि.सिले रु ५१ हजार सहयोग गर्नुभएको सम्पर्क समाजले जनाएको छ।