ट्रेन्डीङ्ग

खानेतेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खसेर आगो लाग्यो

धादिङ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउपालिका -६ जरेखेतेमा ट्रक दुर्घटना भएको छ।विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जादै गरेको ना५ख ५९५५ नं को ट्रक दुर्घटना भएको हो।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडि पट्टि भागमा आगलागी भएको थियो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाट स्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीय वासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

प्रनाउ रिमाललले भने,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो।”दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal