ट्रेन्डीङ्ग

मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक

स्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ।

आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा भीम राना, कोषाध्यक्षमा मोहम्मद जुमाल अलि,सदस्यमा सुमित चापागाई र सीता पुरी निर्वाचित हुनुभएको छ।अन्य ३ जना सदस्य थप गरी कार्यसमिति विस्तार गरिने मानव अधिकार एलाइन्स स्याङ्जाले जनाएको छ।

कार्यक्रका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव रामचन्द्र पौडेलले समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउदै मानव अधिकारकोे संरक्षण र सम्बर्धनमा योगदान गर्न आग्रह गर्नुभयो।सचिव पौडेलले अन्यायमा परेका जनताका दुःख,पिर,मर्का र समस्याका विषयमा आवाज उठाउँदै जिल्लामा मानव अधिकारको अवस्था सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं जनसंगठन संयन्त्र संयोजक सुधिर कुमार पौडेल,एमाले जिल्ला सचिव राजेन्द्र डुम्रे,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य यादव राज शर्मा,मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य एवं तनहु जिल्ला इन्चार्ज अनन्त कुमार श्रेष्ठ,केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज नम्रता थापा,कास्की जिल्ला अध्यक्ष पदम राज पाहारी लगायतले बोल्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष पाठकले संगठनको उद्देश्य अनुरूप मानव अधिकारको संरक्षणका पक्षमा सकृय भएर काम गर्नुका साथै समता मुलक समाजको निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?