ट्रेन्डीङ्ग

नवलपरासीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीको घोषणा

परासी।सरकारले प्रतिनिधि र प्रदेश सदस्य निर्वाचनका लागी मिति घोषणा गरे सगै चुनावी सरगर्मि वढेको छ।दलहरुले उम्मेदवारको टुङगो लाउन नभ्याउदै स्वतन्त्र उम्मेदवारहरुले भने विभिन्न क्षेत्रबाट आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।

यसैक्रममा पश्चिम नवलपरासीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा महेन्द्र सेन ठकुरीले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ।

राजनैतिक दलहरुले आफ्नो स्वार्थमा मात्रै लिप्त हुदाँ देशको विकास र जनताको र्ममभावना वुझ्न नसकेको भन्दै ठकुरीले राजनैतिक दलको विकल्पमा आफ्नो उम्मेदावरी रहेको बताउनुभयो।

देशले विभिन्न कालखण्ड पार गरेपनि जनताको सामान्य अवस्थालाई विभिन्न समयमा सत्ताको वाघडोर सम्हालेका शासकहरुले नेपाली जनतालई वुझ्न नसकेको भन्दै तिनै भष्ट्रचारी शासक र नेताहरुको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिन परेको ठकुरीको भनाई छ।

पछिल्लो समयमा भष्ट्रचार विरुद्धका विभिन्न अभियानमा सक्रिय सहभागिता जनाउदै आउनुभएका ठकुरीले आफ्नो उम्मेदवारीले पश्चिम नवलपरासी क्षेत्र नम्वर १ का स्थानियहरु उत्साहित भएकै कारण आफु पनि निकै उत्साहित भएको बताउनुभयो।

यस क्षेत्रबाट विभिन्न समयमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुले जनताको मनोभाव र विकासलाई वेवस्था गरेकै कारण आफु पश्चिम नवलपरासी क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागी वलियो दावेदार रहेको समेत दावी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal