ट्रेन्डीङ्ग

दुर्घटनाग्रस्त मोटरसाइकल सहित बुटवलका संजय मृत अवस्थामा फेला

बुटवल।पुर्वपस्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नंयागाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन।

बुटवल-११ कालिकानगरका २८ बर्षिय संजय खत्री मोटरसाइकल संगै दुर्घटनाग्रस्त अवस्थामा मंगलबार विहान मृत अवस्थामा भेटीएका हुन् ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal