
रामग्राम।पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दिपक)लाई सत्यतथ्य छानबिन गरी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापनपत्र बुझाएका छन।
गुप्ताले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको आरोप लगाएर निष्पक्ष छानबिन गरि कारवाही माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो।
गाउपालिका अध्यक्ष गुप्ताले प्रहरीसंगको मिलेमतोमा कवाडीको काम गर्दै आएका भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको हो।नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान,जसपा गाउँ समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला सदस्य चन्द्रमणि चौधरीले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा निर्दोषलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।
दोषीलाई कारबाहीको माग गर्दै ब्यानर सहित निस्केको जुलुसले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको हो।थुनामा रहेका भारतीय नागरिकहरु भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्राम पटजिलवाका हुन।उनीहरु कवाड ब्यापारको लागि नवलपरासीमा भूमहीमा बस्दै आएका थिए।
गत असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी)रघुनाथ धोवीले गुप्ता र पासवानलाई चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागु औषध उनीहरुको भन्दै प्रहरीलाई बोलाएर पक्राउ गराएको ज्ञापनपत्रमा उल्लेख छ।
उनीहरु बसेको ठाउंमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ। घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र प्रहरी प्रधान कार्यालय काठमाडौ समेतबाट अनुसन्धान भइरहेको भन्दै प्रतिवेदन सार्वजनिक गरी घटनामा संलग्न दोषीलाई कारवाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।ज्ञापनपत्र पत्र: