ट्रेन्डीङ्ग

पाल्हिनन्दन बासी अशुद्ध खानेपानी खान बाध्य

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गांउपालीकामा खानेपानी टकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन।

पाल्हीनन्दन गाउंपालीका भित्र पर्ने भकसीपुर बेलासपुर पाल्ही विसष्णुपुरा रजरगंज सनईमा खानेपानी टंकी बनेको २ वर्ष भन्दा बढी भई सक्यो तर हाल सम्म कुनै पनि वडामा खानेपानी संचालनमा आएको छैन ।

पाल्हीनन्दन वडा नं २, ३, ४, ५, र ६ मा खाने पानीको टंकी तयार भएको धेरै भयो तर हाल सम्म प्रयोगमा आएको छैन जनप्रतीनिधिहरुले प्रत्येक वर्ष सरकारी बजेट बिनियोजन गरी आआफ्ना प्रियहरुलाई मात्र गुपचुपमा ब्यक्तिगतरुपमा १ सय ५० मिटरको चापाकल दिएका छन खाने पानी कहिले सप्लाई हुन्छ समिती संग सोधपुछ गर्दा विभिन्न बहाना बनाई आलटाल गरेका छन स्थानिय अनिल मिश्राले जानकारी दिए ।

मिश्रका अनुसार पाल्हीनन्दन वडा नं १महेशपुरमा धेरै पहिला देखि खानेपानी संचालनमा रहेको छ तर उक्त पालीका भित्र पर्ने वडा नं ३ बेलासपुर शस्त्र प्रहरी बल २६ नं गणको नजिकै रहेको खानेपानी टंकी र भवन निर्माण भएको १० वर्ष भन्दा बढी भई सक्यो तर हाल सम्म प्रयोगमा आएको छैन उक्त खानेपानी वितरण गर्नको लागि समितीले ३ जना कर्मचारीहरु नियुक्ति गरेको छ ४५ लाखको पिरियोजनामा पाईप मात्र ओछयाईएको छ र खानेपानी संचालन गर्न नसकेपछि उक्त रकमबाट कर्मचारीहरुलाई घरमा बसालेर समितीले तलब खुवाईरहेको छ ।

यहांका जनताहरु शुद्ध खानेपानी खान नपाएर विभिन्न रोगका सिकार भईरहेका छन तर पनि स्थानिय सरकार प्रदेश सरकार लागयतका सम्बन्धित निकायहरु मौन रहेको स्थानियले गुनासो गरेका हुन।

पुर्व शिक्षकबाट अवकाश प्राप्त भएर हाल स्थानिय खानेपानी समितीका सचिव पदमा सुरेश गुप्ता छन स्थानियले जानकारी दिए।

गांउपालीकाबाट पाईप ओछयानको ठेक्का भएको थियो बजेट कहाबाट कति थियो र कति काम भएको छ उक्त विषयमा मलाई केही थाहा छैन काम चाहिं मेरो कार्यकालमा भएको हो प्राविधिक समस्याका कारण संचालनमा आएको छैन स्थानिय खानेपानी समितीका सचिव पदमा रहेको सुरेश गुप्ताले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal