ट्रेन्डीङ्ग

परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते,दुईको अवस्था गम्भीर

परासी।पश्चिम नवलपरासीको परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन।घाईते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ।

भैरहवाबाट महेसपुरका लागी छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रकले पछाडी बाट ठक्कर दिएको थियो।रामग्राम १६ तोनवा बस्ने वर्ष ३५ कि रामरती यादव र बर्दघाट १२ दबिला बस्ने वर्ष ३० कि बिनु शाहिको अवस्था गम्भिर रहेको छ।उनिहरुको थप उपचारका लागी भैरहवा पठाईएको प्रहरी उपरिक्षक ऋिषिराम कडेलले जानकारी दिनुभयो।

दुर्घटनामा घाईते मध्ये ६ जनाको अवस्था समान्य रहेको छ भने सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।घाईतेहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ।ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal