ट्रेन्डीङ्ग

निर्माण व्यवसायी अधिकारीको घरमा नेकपा(बहुमत)को कालो ब्यानर

अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले नेपाल निर्माण ब्यवसायी संघ,अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीको घरमा कालो ब्यानर टसेको छ।

निर्माण व्यवसायी अध्यक्षको घरमा विभिन्न आरोप सहित कालो ब्यानर टागेको छ।कालो ब्यानरमा कर्मचारी संग मिलिमतोमा कमसल काम गरेको,मजदुरलाई समयमा पारिश्रमिक नदिएको,अर्घाखाँची व्यवसायी निर्माण धरासायी बनाएको र साना व्यसवायीका गुनासा नसुन्न्ने र नियमित बैठक नबस्ने गरेको जस्ता आरोपमा कालो ब्यानर टागिएको छ ।

व्यवासायी अधिकारीलाई तत्काल सरोकारवाल निकायले कारबाही नगरे जनसर्घषले कार्वाही गर्ने उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धि निकाय हुनेछ चेतावनी समेत दिएको व्यानरमा उल्लेख छ।

यस्तो छ निर्माण व्यवसायीलाई लगाईएको आरोप ।

नेपाल निर्माण ब्यवसायी संघ,अर्घाखाँचीका अध्यक्ष
ऋषिराम अधिकारी लाई कारबाही किन ?
(१) कर्मचारीसँग मिलोमतो गरि कमसल काम गरेकोले ।
(२) घुम्ती पाल्पा सडक खण्डको खगडी लगायत सम्पुर्ण काममा भर्खर लगाएका वालहरू भत्किएकाले।
(३) घुम्ती पाल्पा सडक खण्ड भित्र पर्ने बासको रूख देखी पाली निस्किने उकालोमा कम रोलिङ्ग गरेको कारण ग्राभेल पुर्ण रूपमा भतकेकोले
(४) ढलाइहरूमा स्टिमेटभन्दा कम सिमेन्ट प्रयोग गरि ठगी गरेकोले।
(५) मजदुरलाई पारिश्रमिक र सस्तो मूल्यमा काम गराई ठगि गरेकोले ।
(६) मसला बढी प्रयोग गर्ने ठाउँमा ढुङ्गा बढी प्रयोग गरेकोले ।
(७) अर्घाखाँची निर्माण व्यवसाय धरासायी बनाएको र साना व्यवसायका गुनासा नसुन्ने र नियमित बैठक नबसालेकोले

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal