
काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका विभिन्न नेतालाई आगामी निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी दिएकाे छ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष रामबहादुर थापा‘बादल’,अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिएको हो।
बैठकले निर्वाचनका लागि अध्यक्ष केपी ओली नेतृत्वमा ८ सदस्यीय घोषणा पत्र मस्यौदा कमिटी गठन गरेर ती नेताहरूलाई घोषणा पत्र लेख्ने जिम्म्वारी दिएकाे प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकले भदौ ७ गते स्थायी कमिटी,९ गते पोलिटब्युरो १० र ११ गते ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको गुरुङले बताए।
यस्तै बैठकले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन पनि गरेको गुरुङले जानकारी दिए।