ट्रेन्डीङ्ग

गठबन्धन कार्यदलको बैठक बस्दै,दलहरूले दाबी पेस गर्ने

काठमाडौँ।निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ।

दिउँसो २ बजे बस्ने बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन पार्टीलाई कति सिट दिने भन्नेबारे छलफल हुनेछ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठबन्धनले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल बनाएको छ।

आजको बैठकमा सबै दलले आ-आफ्नो दाबी पेस गर्नेछन्।सो दाबीअनुसार कार्यदलले शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal