ट्रेन्डीङ्ग

उद्योग वाणिज्य संघ सुनवलद्धारा करका वारेमा उद्योगी व्यापारी र व्यावसायीहरुलाई जानकारी

  • व्याव
  • सुनवल।उद्योग वाणिज्य संघ सुनवलले नगरका उद्योगी व्यापारी व्यवसायि विच आन्तरिक राजस्व मूल्य अभिब्यूद्धि,अन्तशुल्क,स्थानिय कर र घरेलु सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ।करको हिसाव किताब आफै राख्न सक्ने बनाउनका लागी सुनवल नगरक्षेत्रका उद्योगी,व्यापारी र व्यावसायीहरुलाई लक्षित अन्तरक्रिया कार्यक्रम संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले बताउनुभयो।

    सुनवल नगरपालिकाका नगरउपप्रमुख तथा अन्रतकृया कार्यक्रमका प्रमुख अतिथि सूर्य प्रसाद दुवेले उद्योगी व्यापारी र व्यवसायीमा समाजीक र राजनैतिक व्यक्तित्व भएमा देशमा समृद्धि आउने बताउनुभयो।

    उपप्रमुख दुवेले विगतका वर्षहरुमा भएका कोभिड आर्थिक मन्दिको चपेटामा परेका उद्योगी व्यवसायिलाई माथी कसरी उठाउन सकिन्छ भन्नेमा आफुहरु केन्द्रित रहेको बताउनुभयो।

    सुनवल नगरपालीकाले ल्याएको बजेटमा कुनैपनि करका दायराहरु बुद्धि नगरी पुरानै दररेटलाई यथावत राखिएको र व्यापार व्यावसायमा गतिशिलता आएमा मात्र करको दायरा परिवर्तन गरीने बताउनुभयो।

    संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्ष एवम सुनवल नगरपालीकाका उपप्रमुख सूर्य प्रसाद दुवेको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममासुनवल नगर कार्यपालीका सदस्य भगवती बस्याल,सुनवल नगरका राजस्व प्रमुख चक्रपाणि भण्डारी,संघका महासचिव तेजु भण्डारी,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?