ट्रेन्डीङ्ग

जसपा जातीयता र क्षेत्रीयता भन्दा माथि उठ्नै सकेन:बाबुराम भट्टराई

काठमाडौँ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्।

नयाँ पार्टी नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा बोल्दै भट्टराईले नयाँ एजेन्डा र रुपान्तरणका लागि खोलेको सोही पार्टी अन्ततःपुरानै भासमा भासिएको बताए। उनले जनता समाजवादी पार्टीले रुपान्तरण गर्न नसक्ने बुझेपछि आफू नयाँ पार्टी खोल्न बाध्य भएको प्रस्त्याए।

‘जनता समाजवादी पार्टी जातीवाद र क्षेत्रीयवादभन्दा माथि उठ्न सकेन,’उनले भने,‘पुनर्गठन गर्न खोज्यो तर पुरानै पद्धतिले अघि बढेकाले परिवर्तन भएन।’उनले नयाँ पार्टी रुपान्तरणका लागि खोलेको बताए।

रुपान्तरणका लागि खोलिएको पार्टीका लागि चुनाव खास ठूलो कुरा नभएको सुनाए।यद्यपि,परिवर्तनका लागि सडक र सदन दुवैतर्फबाट आफू लागि पर्ने दावी गरे।बाबुरामले आफ्ना लागि सत्ता सबैथोक नभएकाे बताएका छन्।निर्वाचन मार्फत रुपान्तरण गर्न खोजे पनि सत्तामा पुग्‍ने मुख्य लक्ष्य नभएको उनकाे भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal