ट्रेन्डीङ्ग

रवि लामिछाने बुटवल आउदै,लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने

बुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।

पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने सहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् ।

भोली आयोजना गरिने कार्यक्रमको लागी पर्चा,पम्पलेट,व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन।आजै लामिछाने रुपन्देहीको बुटवल आउने र भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पश्चिमका सुदुरपश्चिम,कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal