ट्रेन्डीङ्ग

भारत जान लागेको बिमानबाट १ जना पक्राउ

काठमाण्डाै।काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन।विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यात्रु मुम्बई जान लागेका थिए।काठमाण्डाैबाट मुम्बई जान लागेको विमानमा आतङ्कवादी रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरेको र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सबै यात्रुको जाँचपछि विमानमा चढाएर उडान गरिने नेपाल एयरलाइन्सले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal