ट्रेन्डीङ्ग

राप्रपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखी बुटवलमा सुरु

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।

लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख ध्रुब बहादुर प्रधान,केन्द्रीय सहायक महामन्त्री ताहिर अलि,राप्रपा लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार उदय लगायतले पार्टीको आगामी कार्ययोजना,रणनीति र आगामी कार्यदिशा साथै पार्टीको एजेन्डाका बारेमा यस प्रशिक्षणबाट थप प्रष्ट हुने कुरा बताउनुभयो।
आज नै उद्घाटन सत्र सकिएर प्रशिक्षणको कार्यक्रम सुरु भएको छ।प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख ध्रुब बहादुर प्रधान,केन्द्रीय प्रशिक्षण विभाग सदस्य अजेलिया रन्जितकार, खुस्बु ओली लगायतले लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाबाट आउनु भएका ५० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको,कार्यक्रम संचालक तथा राप्रपा बुटवल नगर सचिव गौतम रिजालले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal