
सुनवल।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहि चोकमा रामनगर बजार बिकाश सस्था र स्थानियले सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीका ठेकेदारले काम ढिला सुस्तिका कारण स्थानियले दुख पाएको भन्दै आज बिहान सडक अबरुद्ध गरेका हुन।
चाईना स्टेट कम्पनीलाई पटक-पटक आग्रह गर्दा पनि वास्ता नगरी काम ढिला गरेको कारण दैनिक आवात जावत गर्ने सवारी साधन लाई जोखिम मोलेर सवारी चलाउनु पर्ने,दैनिक आवातजावत गर्ने यात्रुलाई पानी आउदा हिल्लामे र घाम लाग्दा धुलाम्मे भएकाले दिउँसै झ्याल ढोका बन्द गर्नुपर्ने समस्या भएको भन्दै सडक अबरुद्ध गरेको रामनगर बजार सस्थाका संयोजक सन्दिप केसिले बताउनु भयो।
चाईना स्टेट कम्पनी बिरुद्ध असार १५ गते राष्ट्रिय धान दिवसको दिन सडकमा धान रोपेर समेत बिरोध गरेका थिए।