
बुटवल।नेपाल केमिकल सोसाईटी लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ।लुम्बिनी प्रदेशमा रहेर विभिन्न विज्ञान , प्रविधि, अनुसन्धान गुणस्तर विभागमा कार्यरत रसायन विदको भेलाले सह प्राध्यापक डा. कृष्ण प्रसाद शर्माको नेतृत्वमा प्रदेश कार्यसमिति निर्विरोध चयन गरेको हो।
जसको उपाध्याक्षमा उप प्राध्यापक माधब गौतम,सचिव डा.उमेश न्यौपाने,सह-सचिव उप प्राध्यापक योगराज पोखरेल,कोषाध्यक्षमा निलकमल कसौधन त्यसैगरी सदस्यहरुमा उप प्राध्यापक शैलेन्द्र कुमार त्रिपाठी,सपना घिमिरे,तेज नारायण चापागाईं,आकास लखेर,श्रवण कुमार ढुंगानालाई निर्वाचित गरेको छ।
प्राध्यापक भोजराज भटृराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल केमिकल सोसाइटी केन्द्रीय समितिका महासचिब सह प्राध्यापक डा महेश कुमार जोशी,उप प्राध्यापक दिपक श्रेष्ठ र सह प्राध्यापक डा.कृष्ण प्रसाद शर्मा लगायतले बैज्ञानिक प्रस्तुतिकरण दिनुभएको थियो।
डा उमेश न्योपानेले अधक्ष्यतामा सुरु भएको कार्यक्रमको संचालन उपप्राध्यापक माधब गौतमले गर्नुभएको थियो।
भेलाले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ निर्वाचन मण्डलका संयोजक सह प्राध्यापक भरत सिं बिष्ट तथा सदस्यद्वय उप प्राध्यापक भुबन भट्टराई र बसन्त खनालले गराउनु भएको थियो।उक्त भेलाले अग्रज प्राध्यापक भोजराज भटृराईलाई सम्मान गरेको थियो ।