
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमूना माविमा शिक्षक सिकाइ तथा शैक्षिक सामाग्री निर्माण प्रशिक्षण दुई दिने कार्यक्रम सम्पन्न भएको छ।दुई दिने सिकाइ कार्यक्रममा सहभागी शिक्षकहरुले सान्दर्भिक र नया कुराको अनुभव प्राप्त भएको बताएका छन्।
समापन कार्यक्रममा विज्ञान संकायका संयोजक शिक्षक विष्णु प्रसाद काफ्लेले शिक्षक पवित्र पेशा भएकोले कक्षा कोठामा प्रवेश गर्दा मुस्कान र उर्जा सहित जानुपर्ने र विधालयमा टिम वर्कमा काम गर्नुपर्ने अनुभव प्राप्त भएको बताउनु भयो।शिक्षिका ज्योति कुमारी पौडलले विधार्थीको चाहाना अनुसार विषयबस्तु केन्द्रित भए सिकाइमा सहजता आउने लगायत महत्वपूर्ण सिकाइहरु भएको बताउनु भयो।त्यस्तै सहायक प्रह रुक्मांगत बस्यालले दुई दिनको बसाइमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो।
शिक्षक अभिभावक संघ सदस्य शोभाकान्त शर्माले शिक्षकले राम्रो ज्ञान दिएमा समाज परिवर्तनमा समेत भुमिका खेल्ने बताउनु भयो।प्रशिक्षक दिपक घिमिरेले दुई दिनको बसाई प्रभाकारी भएकोले शिक्षक,शिक्षक अभिभावक संघ,विधालय व्यवस्थापन समितिको टिम वर्कमा काम गर्दा भने प्रतिफल राम्रो आउने बताउनु भयो।
प्रअ खेमलाल शर्माले शिक्षकहरुलाई उत्प्रेणात्मक कार्यक्रम मार्फत सिकाइलाई प्रभावकारी बनाउन विधालय निरन्तर लागी परेको बताउनु भयो।
विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले पराम्परागत सिकाईले वर्तमान शिक्षालाई अगाडि बढाउन नसक्ने भन्दै सीप र प्रविधिमा आधारित शिक्षामा जोड दिनुभयो।त्यसका लागि महाकवि देवकोटा नमूना माध्यामिक विधालय निरन्तर लागी परेका बताउनु भयो।शिक्षक सिकाई सहजिकरण तथा शैक्षिक सामाग्री निर्माण प्रशिक्षण कार्यक्रम हिजो शुक्रबारबाट संचालन गरिएको थियोे।