
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु भएको छ।”हाम्रो चाहाना लोक संस्कृतिको जगेर्ना”मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा सुनवलको बडेरा सुन्दरबस्तीमा महोत्सब आज देखि शुरु भएको हो।
सुनवल नपा १३ बडेरा सुरन्दरबस्तीमा संचालन भएको महोत्सबको सुनवल नगरप्रमुख बिमला अर्यालले उद्घाटन गर्नु भएको थियो।महोत्सब उद्घाटन गर्दै नगर प्रमुख अर्यालले नेपाली लोक संस्कृतिको संरक्षण,सम्बर्द्धनका लागि नगरपालिका हरेक पक्षवाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।नगर प्रमुख अर्यालले नया प्रतिभाहरुको पहिचान एवं उजागर गर्ने,स्थानीय उत्पादनको बजारीकरणका लागि पनि मेला महोत्सव निक्कै प्रभावकारी हुनेमा विश्वस्त रहेको बताउनु भएको थियो।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्याक्ष डोलराज भण्डारी,कृष्ण नारायण श्रेष्ठ,स्थानीय चन्द्र बहादुर गुरुङ्ग लगायतले बोल्नु भएको थियो।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य देविदत्त सापकोटाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव भूपराज न्यौपानेले गर्नु भएको थियो।
महोत्सवमा मौलिक लोक दोहोरी गित प्रतियोगता र राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनुका साथै महोत्सव अवधिभर बिभिन्न जात-जाति,भाषा सांस्कृतिक र मौलिकता झल्किने खालका सांस्कृतिक कार्यक्रम हरेक दिन फरक प्रस्तुति रहेने प्रतिष्ठानका सचीव भुपराज न्यौपानेले जानकारी दिनु भयो ।भोलि दोश्रो दिन लोक गायक चन्द्र शर्मा,गायिका लक्ष्मी बस्नेत,र्र्यापर अजित सुवेदी(घाटु),दामोदर बस्याल र डान्सर सगिता नेपालीको साथै स्थानीय कलाकारको प्रस्तुति रहने सचिव एव महोत्सव साँस्संकृतिक सयोजक न्यौपाले बताउनु भयो ।