
काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।
पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको बताए।यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ ।