
भुमही।१९औं राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै छ।यो वर्ष‘धान रोपौं,खाद्यान्नमा आत्मनिर्भर बनौं’नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ।
असारे भाकामा लोकदोहोरी गाउँदै,हिलो छ्यापा छ्याप गर्दै आज धान रोप्ने चलन छ देशैभरका किसानहरु खेतमा धान रोप्न ब्यस्त छन।तर पुर्व पश्चिम् राजमार्ग अन्तर्गत पर्ने पश्चिम् नवलपरासीको सुनवल-१२ भुमहिका स्थानियले भने सडकमा धान रोपेर धान दिवस मनाएका छन।नारायणगढ-बुटवल सडकखण्ड मर्मत कार्य ढिला भएका कारण घाम लागेको समयमा धुलो र पानी आउदा हिलो भएका कारण दैनिक जीवन स्तर कष्टकर बन्दै गएको भन्दै बिरोध स्वरुप सडकमा धान रोपेको स्थानिय बताउछन।एक त ढलको उचित निकास छैन सडकमा जताततै खाल्डा-खुल्डी छ।हामिलाई मात्र होइन दैनिक आवतजावत गर्ने सवारी साधन समेत जोगिम मोलेर साधन चलाउनु पर्ने अबस्थामा पनि ठेकेदारको ढिला सुस्तीले मर्मत कार्य ढिला भएको बताउछन।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।