
नवलपरासी।गएराती देखि परेको अबिरल वर्षाको कारण खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाउदा नारायाणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।
पुर्बी नवलपरासीको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने सडक खण्डमा ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन्।बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए।
पुर्बपश्चिम राजमार्ग बिस्तारको क्रममा अहिले जिल्लाको ८० स्थानमा डाइभर्सन निर्माण गरियको छ।सडक अबरुद हुदा पुर्बपश्चिम् हिडेका सयौ सवारी र यात्रु अलपत्र परेका छन।