ट्रेन्डीङ्ग

सुनवलमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनवल।सुनवलमा वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ।ईन्द्रेणी समाजिक विकास मञ्चका उपाध्यक्ष एवं सामि फोकल पर्सन सावित्रि पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले परियोजनाले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।अर्यालले नगरलाई बैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित र मर्यादित बनाउन नगरमा बैदेशिक रोजगारीको तथ्यांकहरु सकंलन गरि उनिहरुको हकहितका लागी सरोकारवाला सग छलफल गरि थप नितिनिर्माण गर्ने समेत बताउनुभयो।नगरमा परियोजना लागु भएदेखी नगरको बैदेशिक रोजगारीको अवस्था,समस्या र चुनौतीका बारेमा सामि परियोजनाका जिल्ला संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी गराउनु भएको थियो।सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाहुल हकले स्थानिय सञ्चालन ऐनमा बैदेशिक रोजगार सम्बन्धि भएका ब्यवस्थाबारे सहजिकरण गर्नुभएको थियो भने आप्रवासी परिवार हकहित मञ्च नवलपरासीका जिल्ला अध्यक्ष रामु भुसालले जिल्लामा वैदेशिक रोजगार सम्बन्धी भए गरेका काम र मञ्चको उदेश्य बारे जानकारी गराउनु भएको थियो।

“स्वदेशमा नै रोजगारी गरौँ,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ”भन्ने नाराका साथ आप्रवासन परियोजनाको आयोजनामा सुनवलका जनप्रतिनिधि र कर्मचारी विच अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको स्वागत सगै सुरु भएको कार्यक्रमको सञ्चालन सामि परियोजनाका सुनवल रिर्टनी स्वयंसेवक पुर्णचन्द्र अधिकारी(पुरन)ले गर्नुभएको थियो।सुनवल नगरपालिकाको नेतृत्व र ईन्द्रेणी समाजिक विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal