ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)को चौथो बैठकका निर्णय सार्वजनिक

काठमाडौं।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले यही असार ११ र १२ गते बसेको संगठनको चौथो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ।

संगठनका अध्यक्ष प्रकाश शाहीको अध्यक्षता र पार्टी प्रवक्ता प्रकाण्ड प्रमुख अतिथि,पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन ईन्चार्ज चिरन पुन‘मिलन’तथा संगठनका सल्लाहकार चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले वैज्ञानिक समाजवाद स्थापनाको लागि बहस तथा छलफल अघि बढाउने निर्णय गरेको छ।

बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष केन्द्रित गर्ने पनि निर्णय लिएको छ।यस्तै,समान,निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने,सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने अर्को महत्वपूर्ण निर्णयले बैठकले लिएको जनाईएको छ।त्यसै गरि राजनैतिक वैचारिक विचलनका कारण रिक्त पद रहेको संगठनको महासचिवमा ललित विक,सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रितिमा चौधरीलाई निर्वाचित गरेको उक्त संगठनले जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र विक,नवनिर्वाचित महासचिव ललित विक,सचिव प्रकाश जप्रेल र कोषाध्यक्ष प्रितिमा चौधरीले पनि बोलेका थिए।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चिरन पुनको पनि उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?