ट्रेन्डीङ्ग

अखिल नेपाल शिक्षक संगठनको ध्यानाकर्षण पत्र,महाधिवेशन स्थगन गर्न माग

काठमाडौ।अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघलाई महाधिवेशन स्थगन गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ।

संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीद्वयको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ”नेपाल शिक्षक महासंघको विधानमा पालिका जिल्ला र प्रदेश स्तरको सम्मेलन सम्पन्न गरिसके पछि मात्र राष्ट्रिय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था विपरित राष्ट्रिय महाधिवेशन गर्ने विषय उल्लेख भएकोले यसरी विधान विपरित गरिने महाधिवेशन हाम्रो संगठनको मान्य नहुने व्यहोरा जानकारी गराएको छ।

असार महिना मध्य वर्षाको समयमा अधिवेशन आयोजना गर्नु प्राकृतिक प्रकोपको हिसावले र सहभागि शिक्षक साथीहरुको सुरक्षाको दृष्टिकोणबाट समेत उचित नहुने र आवतजावतमा पर्ने कठिनाईका हिसावले पनि उक्त अधिवेशन स्थगन गर्न माग गरेको पत्रमा उल्लेख गरेको छ।

अखिल नेपाल शिक्षक संगठन विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन हो।नेपाल शिक्षक महासंघको केन्द्रिय महाधिवेशन यही २०७९ असार २५, २६ र २७ गते आयोजना हुदैछ।

ध्यानाकर्षण पत्र: 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal