
काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो ।
नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी-सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ ।मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख र पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।