ट्रेन्डीङ्ग

प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई

बुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले नगद १५ हजार, शिल्ड र प्रमाणपत्र पाएको छ भने साझा टेलिभिजनले नगद १० हजारमा चित्त बुझाएको छ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले उद्घाटन गरेको थिए।कार्यक्रममा बोल्दै उनले मिडियाकर्मीहरुबीच हुने यस प्रकारका खेलले सञ्चारकर्मीबीच आत्मीयता बढ्ने बताए।

प्रतियोगितामा १० वटा टीमको सहभागीता रहेको थियो।रुपन्देहीमा रहेका संचारगृहहरुबीच परस्पर सम्बन्ध र सञ्चारकर्मीहरुबीच भेटघाट तथा रमाइलोको लागि प्रतियोगिताको आयोजना गरेको बताउँदै भव्यताका सफल भएको प्रतियोगिताका संयोजक दीपक न्यौपानेले बताए ।

कार्यक्रम आयोजक सवल नेपाल मिडिया प्रालिका अध्यक्ष अमृत पाण्डेयको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता,उपप्रमुख बिना राना र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालको विशिस्ट आतिथ्यता तथा पत्रकार सुरेश परियारको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?