ट्रेन्डीङ्ग

परासीमा पत्रकारिता र बिकास निर्माण बिषयक कार्यशाला कार्यक्रम सम्पन्न

परासी।पत्रकारिता र विकास निर्माण विषयक कार्यशाला कार्यक्रम परासी सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता एवं पाल्हिनन्दन गापा प्रमुख बैजुप्रसाद गुप्ता(दिपक)को प्रमुख आथित्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ले’म नेता होइन समाजको बेटा’हो भन्ने भावनाले अगाडी बढेको बताए पत्रकारका जहिले पनि साथसाथै अगाडी बढेको तर केही गैह्रपत्रकारका कारणले धाक-धम्की आउने गरेको बताए। पत्रकारकै कारण पालिकामा हुने गरेका कार्य जनताले पाउन सफल भएकाले सँग सँगै हातेमालो गरेर अगाडी बढ्न अनुरोध गरे।सभाहल,प्राविधिक विद्यालय स्थापना अस्पताल निमार्ण,गाउपालिका भवन,सडक,लगायतका कामहरु गरेको र विद्यालयमा विद्यालय बसको सुविधा दिएर अंग्रेजी माध्ययमा पढाई सुरु गरेको बताए।स्वास्थ्य शिक्षा,रोजगारीमा जोड दिँदै आफूले गरेका विकास निर्माणका कार्यहरु निस्पक्ष र भरपर्दो तरिकाले काम गरेको समेत बताएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले अव गाउँ-गाउँमा पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्।स्थानीय स्तरमा भए गरेका कार्यक्रम सञ्चार माध्ययममा उठाउन र विकास निर्माण हुने गरेका वडा तहमा पुगेर योजनाका कार्यमा कलम सम्पूर्ण पत्रकारहरू पुग्न आग्रह गरे।
मिडियाको तर्फबाट रेडियो दौँतरीका समाचार प्रमुख मुक्ति तिवारीले पत्रकारलाइ प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने र जिल्लामा संचालित मिडियामालाई वर्गीकरण गरेर लोककल्याणकारी विज्ञपनको व्यवस्था गराउन महासंघले समन्वयकारी भुमिका खेल्न माग गरेका थिए।
विभिन्न पत्रकार संगठनको तर्फबाट प्रेस युनियनका उपाध्यक्ष उमेश बिक पत्रकारमा लाग्न इच्छुक नया पत्रकारलाई पनि तालीमको आवश्यकता रहेको बताए।

कार्यक्रममा अग्रज महिला पत्रकार शान्ता भण्डारी,महासघका पुर्व सभापति केशव पराजुली,पाल्हिनन्दनका नवनिर्वाचित वडाअध्यक्षहरु वडा ३ नम्बरका अध्यक्ष गोदन प्रसाद हरिजन,वडा नम्बर ५ का दया संकर श्रीपाठी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो।

नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य आरती रानाको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन महासंघका सदस्य बिकास अधिकारीले गरेका थिए।नेपाल पत्रकार महासंघ(बसुप)को आयोजना र पाल्हिनन्दन गाउपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal