ट्रेन्डीङ्ग

गम्छाले घाटि थिचेर श्रीमतीको हत्या

अर्घाखाँची।अर्घाखाँचीमा श्रीमानले घाटि थिचेर श्रीमतीको हत्या गरेका छन्।

मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो।

उनले श्रीमती हत्या गरि सेउलाले ढाकछोप गरेको समेत बताइएको छ।यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटना स्थलमा पुगेको समेत बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal