ट्रेन्डीङ्ग

बर्दघाटमा मुल्यवृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा प्रदर्शन

बर्दघाट।मूल्यवृद्धिको विरोधमा पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु नवलपरासीको संयुक्त आयोजनामा विरोध प्रदर्शन सहित आधाघण्टा चक्काजाम गरेको छ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले आन्दोलन गरेको हो ।
विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य युबराज डुम्रेले निगमभित्र भएका भ्रष्टाचार,चुहावट,मनलाग्दी कर्मचारी भर्ना,खरिदबिक्रीमा हुने ठूला अनियमिततालाई अब पनि निराकरण नगर्ने हो भने जनता चुप लागेर नबस्ने बताउनु भएको छ।प्रत्येक हप्ता भएको मुल्य वृद्धिले जनतामा निक्कै ठुलो आक्रोश निम्तिएकोले अब निगम लाइ चुस्त दुरुस्त राखी मुल्य वृद्धि तत्काल खारेजी गर्नुपर्ने बताउदै मूल्यवृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम तय गरिने बताउनु भयो।त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सम्योजक राम बहादुर भन्डारिले गठबन्धन सरकारले आफुहरुको स्वार्थको लागि गरिएको मुल्य वृद्धिले जनताको ढाड सेकिएको बताउदै मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्नु भयो।केहि समयदेखी लगातार बढिरहेको पेट्रोलियम पदार्थको मुल्यले जनतामा एक प्रकारको आक्रोश उत्पन्न हुनुका साथै सरकार नै कमजोर साबित भएको हुदा गठबन्धन सरकारले तुरुन्त राजीनामा दिनुपर्ने बताउनु भयो।

सोही अबसरमा अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज पौडेलले अनेरास्ववियु सधै जनजीविकाको पक्षमा सधै लडिरहने बताउदै सत्तासिन सरकारले जे गरे पनि टुलुटुलु हेरेर बस्न नसकिने र जनताको पक्षमा सदैव लडि रहने हुदा विरोधमा उत्रिन बाध्य भएको बताउनु भयो। विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर,जनतालाई क्षति भो,मूल्यवृद्धि अति भो,गठबन्धन सरकार राजीनामा दे,प्रधानमन्त्री देउवा राजिनामा दे,लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।प्रदर्शन पछिको कोणसभामा प्रधानमन्त्री शेर बहादुर देउवाको तस्बिर समेत जलाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?