ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा रुपन्देहीमा मूल्यवृद्धि विरुद्ध प्रदर्शन

रुपन्देही।पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि र राष्ट्रघाती एसपिपि सम्झौताको विरुद्ध नेकपा निकट अखिल(क्रान्तिकारी)ले संयुक्त बिरोध प्रदर्शन कार्यक्रम नेपाल आयल निगमको रुपन्देही भलबारी डिपो अगाडि सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) रुपन्देही जिल्ला संयोजक पदम पराजुलीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता नलिएको खण्डमा अखिल क्रान्तिकारीले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताए साथै एसपिपी संझाैता नेपालकाे राष्ट्रिय स्वाधिनताकाे पक्षमा,नेपाली जनताकाे पक्षमा,नेपालकाे विकास निर्माणकाे पक्षमा नभएकाे र राष्ट्रघाती संझाैता भएकाे भन्दै यसलाई खारेज गर्नुपर्ने बताए।सोही कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका नेता दिलबादुर चुदाराले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिले जनताहरु मारमा परेको र रास्ट्रघाती सरकारले जनताको पक्षमा कुनै पनी काम गर्न नसकेकोले तत्काल राजिनामा दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा सयौंको संख्यामा विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका नेता मनोज थापाले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal