
कञ्चनपुर। कञ्चनपुरको पुनर्बास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष राना मगरको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले राना मगरलाई ठक्कर दिएको थियो घाइते भएका उनलाई उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर फरार भएका चालकलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए।